वडाध्यक्षको कीर्ते सही गरी नागरिकता बनाउन खोज्ने ज्वाइँ र ससुरा पक्राउ
सप्तरी – सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ परेका छन् ।
नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं १५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव छन् । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको आचार्यले बताउनुभयो ।
शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीवार जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगेका थिए । त्यहीबेला वडाबाट कसैले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएका थिए ।
प्रशासकीय अधिकृतको टेबुलमा फायल पुगेकै बेला यस्तो जानकारी आएपछि कार्यालयले वडाअध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । ‘उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन’ प्रशासकीय अधिकृत किशोर कुमार रामले भन्नुभयो’लगत्तै प्रहरी बोलाएर दुवैलाई पक्राउ गर्न लगाएका छौँ।’
पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । तर, स्थानीयले भने उनी भारतीय नागरिक भएको बताएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


