कांग्रेस महाधिवेशन निर्धारित मितिमै
काठमाडौं, साउन २। नेपाली कांग्रेसको पदाधिकारी बैठकले निर्धारित मितिमा नै पार्टीको १४औं महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ । महाधिवेशन निर्धारित समयमा हुने नहुने आशंका भइरहँदा पदाधिकारी बैठकले निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पार्टीको १४औं महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा छलफल भएको थियो ।
कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले बैठकमा निर्धारित मितिमा नै महाधिवेशन गर्नेबारे नेताहरू सहमत रहेको जानकारी दिए । उनका अनुसार बैठकमा कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट भएका काम र निर्वाचनसम्बन्धी निर्देशिकाका विषयमा छलफल भएको र सम्बन्धित समितिका संयोजकहरूले अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको ब्रिफिङ पार्टी नेतृत्वलाई गरे । सप्तरी र बारामा भने विवाद बढी देखिएको छ ।
लेखकले आइतबारसम्म पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशिल सदस्यतासम्बन्धी सूची बुझाइने जानकारी दिए । उनका अनुसार विदेशस्थित जनसम्पर्क समितिबाटसमेत गरी कांग्रेसमा ९ लाख क्रियाशील सदस्य पुगेका छन् । राजधानी दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


