राष्ट्रिय एकताका पक्षमा लाग्न आग्रह
काठमाडौँ, ३ साउन: राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद शेखरकुमार सिंहले हिमाल, पहाड र तराईबीच एकता र भातृत्वलाई बढावा दिन तथा आफूहरू र सरकारबीच भएको सहमति पूर्ण कार्यान्वयनका लागि ध्यानकर्षण गराए ।
सांसद प्रमिला कुमारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने ध्येयका साथ सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकामा प्रसन्नता व्यक्त गरे । उनले पाँच दलीय गठबन्धनको सुझबुझपूर्ण निर्णयका आधारमा देशले राजनीतिक निकास पाएको बताए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते बिहीबार दिउँसो १.०० बजे बस्नेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


