आज खोप लिन वायुसेवा निगमको जहाज चीन जाँदै
काठमाडौं, साउन ६ । चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधवार वायु सेवा निगमको जहाज चीन जाने तयारी रहेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार दोस्रो चरणमा पनि ८ लाख डोज नै खोप लिइनेछ। जहाजको क्षमता र नेपालमा खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता अनुसार पुन ८ लाख खोप लिन लागेको आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले बताए।
यही साताभित्रै थप ८ लाख डोज लिन जहाज चीन जाने महाशाखाको भनाइ छ। दुईपटक गरी यही साताभित्र थप १६ लाख खोप नेपाल आइपुग्ने प्रमुख ढुंगानाको भनाइ छ। चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ। यसअघि खोप अभियान सञ्चालन हुन नसकेको प्रदेशमा पठाउने र अर्को चरणमा आएको खोप पुनः प्राथमिकताको आधारमा खोप अभियान सञ्चालन हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा। झलक शर्माले बताए।
आपूर्ति महाशाखाका अनुसार आगामी अगस्तको पहिलो साता अर्थात् दुई साताभित्र जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिने भनेको १६ लाख अष्ट्राजेनिकाको खोप दिने सम्भावना छ। चीनले बाँकी रहेको खोप चरणबद्ध रुपमा दिने महाशाखाले जनाएको छ। संक्रमण दर २३।६ प्रतिशत
गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर बढेर २३।६ प्रतिशत पुगेको छ। अन्य दिनको तुलनामा यो दर करिब ३ प्रतिशतले वृद्धि भएको हो। गत चौबिस घण्टामा परीक्षण भएका १३ हजार १ सय ३५ वटा नमुनामध्येमा ३१ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नागरिक दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


