नेपालमा अहिलेसम्म कतिले खोप पाए?
साउन ८ । नेपालमा अहिलेसम्म १२ लाख ८१ हजार २४० जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो डोज लगाउनेको संख्या ३३ लाख ८ हजार ७३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् भने ४ लाख ६० हजार ३०८ जनाले दोस्रो डोज लगाएका छन् ।
यस्तै, १४ लाख ८० हजार २४६ जनाले भेरोसेलको पहिलो डोज र ६ लाख ८२ हजार ७९० जनाले दोस्रो डोज लगाएका छन् । स्वाथ्य मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ३८ हजार १४२ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् अमेरिकाले नेपाललाई उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटसँग २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको छ । आर्थिक अभियान दैनिकबाट
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


