वाणगंगा नदीमा डुबेर १ जना बेपत्ता
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका १० चेतरादेइका एक युवक खोलामा डुबेर बेपत्ता भएका छन् ।
हिजो साँझ भैँसी चराउन भनी निस्किएका स्थानीय १२ वर्षका कविराज केवट साँझ बाणगंगा नदीको रामघाटमा डुबेका थिए ।
चराउन लगेका भैँसी नुहाउन नदीमा छिरे पछि केवट भैँसी निकाल्न पानी भित्र छिरेका थिए । बाढीका कारण नदीमा पानीको सतह गहिरो भएकोले डुबेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बनाउनुभयो ।
नदीमा बेपत्ता भएका केवट स्थानीय कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत रहेको शिक्षक सुरेन्द्र केवटले बताउनु भयो । घटना स्थलमा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्धार टोलीले खोजतलास जारी गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


