नेपालको ओलम्पिक यात्रा
काठमाडौं, साउन ९ । टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नेछन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोकेका छन्।
ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न सकेको छैन । यद्यपि ओलम्पिकमा नेपालका केही उल्लेखलायक क्षण छन् । नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा नै आयोजना गरिएको १८औँ ओलम्पिकमा सहभागिता जनाएको हो ।
सो ऐतिहासिक सहभागितामा नेपालका भुपेन्द्रबहादुर केसी र गङ्गाबहादुर थापाले (म्याराथन), नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा (बक्सिङ) मा प्रतिस्पर्धा गरेका थिए।
आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको १५औँ ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिइसकेको थियो ।
सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९औँ ओलम्पिकमा नेपालले भाग लिएन । त्यसपछि नेपालले लगातार ओलम्पिकमा सहभागिता जनाएको छ । गोरखापत्र दैनिकबाट
photo:gettyimages
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


