विज्ञापन रद्द भयो तर फिर्ता भएन रकम
काठमाडौं, साउन ९। जयनगर–जनकपुर–कुर्था रेल सेवा सञ्चालन गर्न करारमा कर्मचारी नियुक्तिका लागि आह्वान गरिएको विज्ञापन रद्द भए पनि आवेदकको रकम भने फिर्ता भएको छैन ।
नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखालगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । पछि सो विज्ञापन रद्द गरिएको थियो । रद्द भएको विज्ञापनका लागि निवेदकहरूबाट करिब डेड करोड रुपियाँ सङ्कलन भएको थियो ।
दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो गत वर्ष भदौ २९ गते दरखास्त आह्वान गरिएको थियो ।
अधिकृत स्तर पदका लागि एक हजार, सुब्बा स्तरको चार सय र श्रेणीविहीन स्तरको विज्ञापनका लागि तीन सय रुपियाँ आवेदन दस्तुर तोकिएको थियो । दस्तुरबापत करिब एक करोड ३६ लाख रुपियाँभन्दा बढी रकम नेपाल रेल्वे कम्पनीको खातामा जम्मा भएको थियो । गोरखापत्र दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


