बाबुरामको हिन्दु धर्मबारे ट्वीटमा भाजपा नेता चौथाइवालेको व्यङ्ग्यः जोक अफ द इयर
काठमाडौं, ९ साउन । पछिल्लो समय जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच ट्वीटरमा एक अर्काविरुद्ध लेख्ने र व्यङ्ग्य गर्ने क्रम चलिरहेको छ । आज पनि यी दुईबीच त्यस्तै चलेको छ ।
बाबुरामले धर्मबारे लेख्दै कसैले रुढीवादलाई समातेर धर्मको राजनीति गर्छ भने त्यसको विरोध गर्नुपर्ने लेखेका छन् । उनले ट्वीटरमा धर्मबारे लेखेपछि चौथाइवालेले त्यसलाई जोक अफ द इयर भन्दै व्यङ्ग्य गरेका छन् ।
बाबुरामले लेखेका छन्, ‘धार्यते इति धर्म:!जीवन र समाजको उचित व्यवस्थापननिम्ति देशकाल अनुरूप बनाइएका नियम नै धर्म हुन्।ती निरन्तर परिवर्तनशील हुन्छन्।तर विभिन्न कालखण्डमा घुसाइएका अन्धविश्वास,कुरिति,रूढीवाद धर्म हैनन्।तिनलाई समातेर कसैले राजनीति गर्छभने त्यसको विरोध हुनैपर्छ।यसमा कुनै किन्तुपरन्तु हुन्न।’
त्यसलाई उल्लेख गर्दै चौथाइवालले लेखेका छन् ,’जोक अफ द इयर, बाबुराम भट्टराई जस्ता कम्युनिस्टले हालै हिन्दु धर्मको अपमान गरेर अहिले धर्मको उपदेश दिइरहेका छन् ।’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुध चढाएको तस्बिर राखेर डा. भट्टराईले आफ्नो सहपाठीले लेखेको भन्दै ‘दुधलाई फाल्ने र मुत्रलाई पिउने’ भन्दै आलोचना गरेका थिए । इदको दिनमा यस्तो लेखेपछि चौथाइवालेले ट्व्टिरमा भट्टराईको आलोचना गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


