ग्लोबल आइएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना
काठमाडौं, १० साउन । ग्लोबल आइएमई बैंकले आन्तरिक पर्यटन प्रवर्द्धन योजना संचालनमा ल्याएको छ । यो योजनामा बैंकमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था गरेको छ ।
बैंकको अनुसार कोभिड महामारीको अवस्थाले बिदेशी पर्यटकहरुको आवत जावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।
कोभिड १९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


