कोरोना भाइरसको संक्रमणबाट वडाध्यक्षको मृत्यु
अर्घाखाँची, ११ साउन । कोरोना भाइरसको संक्रमणबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको मृत्यु भएको छ । ६१ वर्षीय भुसालको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा आईतवार मृत्यु भएको हो ।
भुसालको निधन भएपछि नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको बैठकले १२ वटै वडा कार्यालयका अत्यावश्यक बाहेकका सम्पुर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने र सबै वडा तथा नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने समेत निर्णय गरेको छ । भुसाललाई कोरोना संक्रमणबाट अवस्था गम्भिर भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


