वैदेशिक रोजगारीमा जाने घटे
काठमाडौं, साउन १२। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या धेरै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् । यो सङ्ख्या दुुई लाख दुुई हजार १०८ ले कमी हो ।
कोरोनाका कारण सबैभन्दा बढी नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कोरोनाका कारण कतार, साउदी आरब र यूएई जाने नेपाली श्रमिकको सङ्ख्या शतप्रतिशतभन्दा बढीले कमी आएको छ । आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पाँच लाख सात हजार ८१७ रहेको विभागले जनाएको छ ।
विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको सङ्ख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपालीको सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमी भएको छ । गोरखापत्र दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


