पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी सांसद सर्वोच्चमा
काठमाडौं, साउन १४। नेकपा माओवादी केन्द्रको कारबाहीको आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्वमाओवादी नेताहरूले संसद् पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।
गत २६ चैतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पत्रका आधारमा संसद् सचिवालयले आफूहरूलाई सांसद् पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद् पदमा पुनर्बहालीको माग गर्दै अदालत गएका हुन् ।
आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले २३ असारमा दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन् । पूर्वमाओवादीका चार जनाले दायर गरेको रिटको पेसी आजका लागि तोकिएको छ ।
उता, सांसदको पुनर्वहालीको माग गर्दै दायर रिटमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको दाबी गरेका छन् । एमाले पार्टीको सदस्यता नलिएको समेत उनले दाबी गरेका छन् । राजधानी दैनिकबाट
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


