ओलीलाई साथ दिएका नेता माओवादीमै
काठमाडौं, साउन १४ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य टोपबहादुर रायमाझीलगायत चार नेताले आफूहरू नेकपा माओवादी केन्द्रकै सदस्य रहेको दाबीसहित सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।
प्रतिनिधिसभा सदस्यबाट मुक्त भएका रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट निवेदन दर्ता गरेका हुन्। आफूहरू एमालेमा नगएको र माओवादी केन्द्रकै सदस्य भएकाले प्रतिनिधिसभा सदस्यको पद पुनर्बहाली हुनुपर्ने उनीहरूको तर्क छ।
आफूहरूले अर्को दल गठन नगरेको र एमालेको केन्द्रीय कार्यसमितिको सूचीमा पनि आफूहरूको नाम नभएको दाबी उनीहरूले गरेका छन्।चारैजनाले निर्वाचन आयोगको विवरणमा माओवादी केन्द्रकै सदस्य भएको आधारमा टेकेर प्रतिनिधिसभा सदस्यमा पुनःस्थापनाको माग गरेका हुन्। राजनीतिक दलसम्बन्धी ऐनविपरीत आफूहरूलाई माओवादी केन्द्रबाट हटाइएको दाबी रिट निवेदकहरूको छ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपा बदरको फैसला गरेपछि तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए। त्यसपछि माओवादी केन्द्र समर्थित केही मन्त्रीले राजीनामा गरेका थिए भने यी चारजनाले ओलीको मन्त्रिमण्डलमा रहेर काम गरेका थिए। मन्त्रीबाट राजीनामा नगरेकाले माओवादी केन्द्रले उनीहरूलाई २०७७ चैत १ मा पार्टीबाट हटाउने निर्णय गरेको थियो ।
आफूहरूलाई हटाउने निर्णय माओवादी केन्द्रीय केन्द्रीय समितिको नभएर पार्टी अध्यक्ष पुष्पकमल दाहालको स्वेच्छाले संसद् सचिवालयमा पत्र दिइएकै आधारमा सांसदबाट हटाइएको दाबी रिट निवेदनमा गरिएको छ। माओवादी केन्द्रबाट सांसद बनेर नेकपाका सदस्य बनेका रायमाझीलाई २०७७ चैत १२ मा प्रतिनिधिसभा सदस्य पदबाट मुक्त गरिएको थियो। नागरिक दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


