शेखर कोइरालाको प्रश्न : समयभित्र महाधिवेशन सम्पन्न गर्न सकेनौं भने आउने पुस्तालाई के जवाफ दिने ?
काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया जारी भएपनि पूर्व निर्धारित कार्यतालिकाको पालना नभएको गुनासो पोखेका छन् । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानोसमेत नभएको उल्लेख गर्दै उनले यसले समयसिमाभित्रै महाधिवेशन सम्पन्न हुने कुरामा सशंय बढेको बताएका छन् ।
सामाजिक सञ्जाल फेशबुमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कोइरालाले समयमै महाधिवेशन सम्पन्न नहुने हो कि भनेर पार्टीका सम्पूर्ण साथीहरुमा गहिरो चिन्ता छाएको पनि बताएका छन् । उनले लेखेका छन्-

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ।संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैन? पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो ? यसको जवाफ कसले दिने ? पार्टीका सबै साथीहरूको चाहना छ, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ। यसबाट हामी उम्कने बाटो छैन। लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने ? तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ। जय नेपाल
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


