न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति
काठमाडौं, साउन १५। न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । मुद्दा पेसी कुन न्यायाधीशको इजलासमा तोक्नेसम्मको सेटिङ पहिल्यै हुँदा अदालतमा बेथिति बढेको र बिचौलियाले खेल्ने गरेको कुरा समितिले औंल्याएको छ ।
अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्चमा मुख्य न्यायाधीश र जिल्ला अदालतमा वरीयता क्रममा पहिलो नम्बरमा हुने न्यायाधीशले पेसी तोक्छन् । पेसी तोक्ने व्यवस्थाले आफू अनुकूल इजलास गठन, न्यायाधीश छान्ने प्रवृति रहेको समितिको निष्कर्ष छ ।
समितिले पेसी तोक्ने कार्यलाई व्यवस्थित बनाउन सुझाव दिएको छ । ‘विद्यमान पद्धतिका कारण न्यायपालिकामा विकृति, विसंगति, अनियमितता र भ्रष्टाचार बढेको भन्ने व्यापक गुनासो आएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
समितिले विस्तारै देशभरको पेसी तोक्ने प्रणाली अटोमेसनमा गर्न सुझाव दिएको छ । एकै व्यक्तिले मुद्दाको पेसी तोक्दा बिचौलियाले खेल्ने मौका पाएको जनाएको छ । हाल रहेको पेसी तोक्ने प्रणालीले न्यायालयमा भ्रष्टाचार र बेथिति बढाएको समितिको निष्कर्ष छ । समितिले पेसी व्यवस्थापनलाई सुधार गर्न सकिने बताएको छ ।राजधानी दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


