एमसीसी बन्यो मूल मुद्दा, को कता
काठमाडौं, १५ साउन । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बहमा आएको छ । संसद भित्र र बाहिर समेत पक्ष विपक्षमा बहस चल्न थालेको छ ।
५० करोड डलरको अमेरिकी परियोजना प्रतिनिधि सभाबाट पारित गर्नुपर्ने शर्त छ । आयोजनामा कतिपय शर्तहरुका कारण प्रश्न उठाइएको छ । विशेषगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित कम्युनिस्ट दलका कतिपय सांसदहरुले यसमाथि प्रश्न उठाउँदै आएका छन् ।
आज प्रतिनिधि सभामा नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले यथास्थितिमा एमसीसी पारित गरे राष्ट्रघात हुने जिकिर गरे । उनले कुनै पनि रकम राष्ट्रभन्दा माथि नहुने भन्दै एमसीसीमाथि प्रश्न उठाए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तापक्षीय गठबन्धनको बैठकमा एमसीसीबारे प्रश्न उठाएका थिए । यसै हप्ता गठबन्धनको बैठकमा उनले एमसीसी पारित गर्न खोजिए गठबन्धनबाटै अलग हुने चेतावनी समेत दिए ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । उनी चौंथोपटक प्रधानमन्त्री हुँदा एमसीसी भित्राइएको थियो । ४ वर्ष बितिसक्दा पनि पारित हुन सकेको छैन । नेपाली काँग्रेस एमसीसीको समर्थनमा देखिएको छ ।
एमसीसीबारे जनता समाजवादी पार्टीको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबाट खासै विरोधको स्वर सुनिएको छैन । उनीहरु यसबारे मौनप्रायः छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतमा एमसीसीको विरोधमा देखिएका थिए । उनले एमसीसी संशोधनविना पारित गर्न नहुने पक्षमा थिए । सभामुख अग्निप्रसाद सापकोटामाथि एमसीसी निर्णयार्थ प्रस्तुत नगरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गरेका थिए ।
माओवादी नेता देव गुरुङ्गले एमसीसीको चर्को विरोध गरेका थिए । उनले यसलाई अमेरिकाको सैन्य रणनीतिसँग जोडेर व्याख्या गरेका थिए । तर, पछिल्लो समय माओवादी नेताहरु एमसीसीको विरोधमा बोलिरहेका छैनन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसीको पक्षमा छन् । उनले विगतमा एमसीसी पारित गराउन खोजेका थिए । तर, सफल हुन सकेनन्
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


