लुम्बिनीमा मुख्यमन्त्री पोखरेललाई धक्का, जसपाबाट मन्त्री भएकाहरु सांसदबाट पदमुक्त
बुटवल, १५ साउन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले सूचना जारी गरी उनीहरु पदमुक्त भएको जनाएको छ ।
पदमुक्त हुनेहरुमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय छन् । उनीहरु जसपाले सरकारमा जाने निर्णय नगरेको अवस्थामा मन्त्री बनेका थिए । यसअघि ४ जना मन्त्री बनेकोमा एकजना फिर्ता भइसकेका छन् ।
जसपाबाट लुम्बिनी प्रदेशमा ६ जना सांसद थिए । अब तीनजना पदमुक्त भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुले पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कारबाहीको पत्र प्रदेशसभामा पठाएका थिए ।
प्रदेश सभाले पदमुक्त गरेपनि जसपाका तीनजना सांसदको मुद्दा अदालतमा विचाराधीन छ । यो विषय फेरि अदालत पुग्ने सम्भावना छ । जसपाका ३ सांसद पदमुक्त सदर भएमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने सम्भावना रहन्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


