हेपाटाइटिसका बिरामीलाई कोरोनाको संक्रमण भएमा मृत्युको उच्च जोखिम
एजेन्सी, १५ साउन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३ करोड मानिस हेपाटाइटिस बी र ६ करोड हेपाटाइटिस सी बाट पीडित छन्।
हेपाटाइटिस भाइरस संक्रमणबाट कलेजोमा रोग लाग्ने सबैलाई थाहा छ । हेपाटाइटिसका ५ वटा भाइरस छन् र उनीहरुलाई ए, बी, सी, डी र ई नाम दिइएको छ। महामारीको यो समयमा कोरोना र हेपेटाइटिस बिरामीहरु बीचको सम्बन्ध बुझ्न महत्त्वपूर्ण छ।
अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीको अनुसार यदि हेपाटाइटिस–बी र सी भएका बिरामीलाई कोरोना संक्रमण भएमा अवस्था धेरै गम्भीर बन्न सक्छ। मृत्युको जोखिम बढ्छ। यो मात्र होईन, कोविडका धेरै बिरामीहरूको कोरोनाले अस्थायी रूपमा कलेजो बिगार्छ। तसर्थ, यो दुबै कलेजो रोगीहरु र स्वस्थ मानिसहरुको लागी यसको ख्याल राख्नु पर्छ ।
कोरोना बिरामीहरूको अनुसन्धानमा कलेजो बिग्रिएको पुष्टि
डाक्टरहरुले कोरोनाबाट संक्रमित थुप्रै बिरामीहरु अस्पतालमा भर्ना भएका बिरामीको कलेजो अस्थायी रुपमा बिग्रिएको बताउछन् । उनीहरुको अनुसार कलेजोको परीक्षणबाट बिरामीहरूको क्रिटिकल हुने जोखिम पत्ता लाग्छ ।
डाक्टरहरुले कलेजोका बिरामीहरुमा कोरोना भ्याक्सिन दिएपछि अहिले सम्म कुनै साइड इफेक्ट नदेखिएको बताएका छन् । उनीहरुले बिरामीहरुलाई खोप लगाएर जोखिम कम गर्न सक्ने भन्दै सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र रक्सीबाट टाढा रहन सुझाव दिन्छन् ।
हेपेटाइटिसको कुन भाइरस बढी घातक ?
हेपाटाइटिस बी र सी लाई यसको पाँच भाइरस मध्ये सबैभन्दा खतरनाक मानिन्छ। यदि बी संक्रमणलाई बेवास्ता गरियो भने, कलेजो सिरोसिस र क्यान्सरको जोखिम बढ्छ। यदि गर्भवती महिला संक्रमित छिन् भने, बच्चा पनि संक्रमित हुन सक्छ।
सोही समयमा हेपेटाइटिस–सी संक्रमणका लक्षणहरू गम्भीर चरणमा देखा पर्दछ। तसर्थ, कलेजो बिरामी हुनबाट बचाउन सबै आवश्यक सावधानीहरू अपनाउनु आवश्यक छ। यो संक्रमण रक्त परीक्षण र कलेजोको परीक्षण गरेर पत्ता लगाउन सकिन्छ।
कलेजो शरीरको एक महत्वपूर्ण अंग हो
क्यानाडाली लिभर फाउन्डेसनका अनुसार कलेजोले शरीरका लागि ५०० कार्यहरू गर्दछ। यसमा शरीरलाई उर्जा प्रदान गर्ने, संक्रमण र विषाक्त पदार्थहरु बाट बचाउने, रगत जम्न मद्दत गर्ने, र हार्मोनहरु लाई नियन्त्रण गर्ने यसको प्रमुख काम हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


