काँग्रेसमा क्रियाशील सदस्यता विवाद मापदण्ड बनाएर समाधान गरिने
काठमाडौं, १५ साउन । नेपाली काँग्रेसमा क्रियाशील सदस्यको विवाद समाधान गर्न मापदण्ड बनाइने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच यस्तो सहमति बनेको हो ।
बारा, सर्लाही, धनुषा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा गरी ६ जिल्लाको क्रियाशील विवाद ५ दिनभित्र सहमति निकाल्ने गरी नेताहरुले छलफल गरेका थिए । काँग्रेसभित्र अन्य पार्टीबाट आएका सदस्यताबारे विवाद छ ।
बारा र सप्तरीको जिल्लाभरी, धनुषाको क्षेत्र नम्बर ४, सर्लाहीको २ का अलावा रसुवा र सिन्धुपाल्चोकको विभिन्न पालिका र वडाहरुमा विवाद छ ।
क्रियाशील सदस्यतासम्बन्धी विवादले काँग्रेसको महाधिवेशनका लागि हुने वडास्तरीय अधिवेशन अन्यौलमा छ । यसले महाधिवेशन भर्दौमा हुने सम्भावना लगभग टरिसकेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


