गत आवमा सुनको आयात दोब्बर
काठमाडौं, साउन १८। गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आवमा नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ, जुन अघिल्लो आव २०७६/७७ को तुलनामा १३ अर्ब ८८ करोड ३५ लाख रुपैयाँले बढी हो ।
परिमाणको आधारमा गत आवमा ३ हजार ९२४ केजी सुन आयात भएको थियो । परिमाणको आधारमा भने सुन आयात ६४ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आवमा २ हजार ४०० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ ।
कोरोना महामारी तथा मूल्य बढ्दा अघिल्लो आवमा सुनको आयात ह्वात्तै घटेको थियो । आव २०७५/७६ मा साढे ३४ अर्ब रुपैयाँको भन्दा बढी सुनको आयात भएको थियो । आव २०७४/७५ मा १३ अर्ब ४६ करोड रुपैयाँमा झरेको थियो । तर, गत आवमा भने सुनको आयात दोब्बर मात्रामा बढेको छ । यद्यपि, यो आव २०७५/७६ को तुलनामा भने कम नै हो ।
गत आवमा कोरोना महामारी केही कम हुँदा र सुनका गरगहनाको माग बढ्दा आयात पनि बढेको बताइएको छ । कोरोनाको दोस्रो लहरका कारण वैशाख र जेठमा निषेधाज्ञा लगाउदाँ सुनका गरगहनाको व्यवसाय पनि ठप्प भयो । तर, अन्य समयमा सुनका गरगहनाको व्यवसाय राम्रो रहेको व्यवसायीहरू बताउँछन् । त्यसकै प्रभावले सुनको आयात बढेको बताइएको छ । आर्थिक अभियान दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


