यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिन्डर सहयोग
काठमाडौं, साउन १९ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ महामारी प्रतिकार्यमा उपयोग गर्न ८०० थान अक्सिजन सिलिन्डर सोमवार स्वास्थ्य सेवा विभागलाई सहयोग गरेको छ ।नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि हसिना बेगमले १ लाख अमेरिकी डलर मूल्य बराबरको सिलिन्डर विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई हस्तान्तरण गरेकी हुन् ।यूएनएफपीएले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार, चीन सरकार र यूएनएफपीए बीचको विद्यमान त्रिकोणीय सहयोग परियोजना सम्झौताअन्तर्गत चीन सरकारबाट प्राप्त आर्थिक सहयोगका कारण सम्भव भएको उल्लेख छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


