ऐपमा ५१ अश्लिल फिल्म भेटिएपछि राज कुन्द्रा अफ्ठेरोमा
एजन्सी, १९ साउन । अश्लिल फिल्म बनाउने र बिक्रि गर्ने गरेको आरोपमा बलियडकी अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा हाल न्यायिक हिरासतमा छन् । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरेसँगै राज कुन्द्रा झन अफ्ठेरोमा परेका छन् ।
भारतीय मिडिया अनुसार बम्बैको उच्च अदालतका सरकारी वकिलले प्रहरीले ५१ वटा अश्लिल फिल्म भेटेका बताएका छनु । राजको दुई ऐपबाट फिल्म बरामद गरेको जनाएको छ । बकिलले फिल्मको सिधै सम्बन्ध राज कुन्द्रासँग भएको आरोप समेत लगाएका छन् ।
२७ जुलाईमा राजलाई १४ दिनको लागि न्यायिक हिरासतमा लिइएको छ । उनले लगातार जमानतको लागि हार गुहार गरेपनि उनको सुनुवाई भएको छैन्
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


