पर्यटकीय सम्भावना बोकेको विजयनगरकाे शंकरपुर ताल
कपिलवस्तु ।
कपिलवस्तुको सुदूरपश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल पर्यटकीय सम्भावना बोकेकोछ । जिल्ला भित्र धार्मिक एवम् पर्यटकीय स्थलहररु धेरै रहेको पाइन्छ ।
केही धार्मिक एवम् पर्यटकीय स्थलहरू चर्चामा रहेको छ भने कतिपय पर्यटकीय स्थलहरू प्रचारप्रसार नभएको कारणले गर्दा चर्चामा आउन सकेको छैन ।विजयनगर गाउपालिका वडा नं-४ शंकरपुर मा स्थित ताल लगभग ४२ हेक्टर मा फैलिएको त्यहाँका वडा अध्यक्ष तिलक राम कँडेलले जानकारी दिनु भयो । तालको विकास र संरक्षण गर्नको लागि आ -आफ्नो ठाउँबाट सबैले पहल गर्दा त्यसको विकास मात्र सम्भव रहेको कँडेलको भनाइ छ ।
तालमा विशेष गरी गर्मीको मौसममा यहाकाे अवलोकन गर्न निकै आनन्द हुने र गर्मीको मौसममा चिसो हावा सँगै रमणीय दृश्यहरूको अवलोकन गर्न निकै आनन्दको अनुभूति हुन्छ स्थानीय को भनाइ रहेको छ ।
हाल गाउँपालिकाले प्रतीक्षालय ,पिकनिक स्पोर्ट, शौचालय, धाराको व्यवस्थापन गरे लग्तै आजभोलि चहलपहल बढेको पाइएको छ । पर्यटकीय स्थलको रूपमा विकास गर्न तालको गुरु योजना तयार गरी गद्द्दाघाटबाट शंकरपुर तालमा पानी सञ्चित गर्ने आवश्यक परेको खण्ड सिचाइ गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
शंकरपुर तालको अवलोकन गर्नको लागि विजयनगर गाउपालिका , शिवराज नगरपालिका , कृष्णनगर नगरपालिका , महाराजगन्ज नगरपालिका , बुद्धभुमि नगरपालिका लगायत अन्य पालिकाहरूको मान्छेहरूले बिस्तारै बिस्तारै अवलोकन गर्नेको सङ्ख्या बढी रहेको छ ।
शंकरपुर तालको विकास र संरक्षण भयो भने त्यहाँ का स्थानीय बासीहरूको आर्थिक अवस्थामा पनि बिस्तारै वृद्धि हुँदै जाने देखिन्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


