गृहमन्त्री खाण र मुख्यमन्त्री राउतबीच भेटवार्ता
काठमाडौँ, २० साउन: गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।
भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए । गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


