राष्ट्रियसभा बैठकः भारतसित वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग
काठमाडौँ, २० साउन: राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाए ।
सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद खिमलाल भट्टराईले एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट गरे । भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको उनले आरोप लगाए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीसित तत्काल वार्ता गर्न भट्टराईले माग गरे ।
“वर्तमान सरकारले तुइन विस्थापन गर्न उचित कदम चालोस्”, भट्टराईले भने । उनले अघिल्लो सरकारले नै खोपको आपूर्ति गरेको तर वर्तमान सरकारले त्यसलाई आफ्नो उपलब्धि ठानीरहेको बताए । थप खोप आपूर्तिका लागि वर्तमान सरकारले कुनै पहल गर्न नसकेको उनले आरोप लगाए ।
सांसद इन्दु कडरियाले एसएसबीले तुइन काटेर अमानवीय काम गरेको भन्दै त्यसको जति निन्दा गरे पनि कम हुने बताईन्। उनले तुइन काटेको घटनाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप लगाईन् । खुला सीमानाका कारण एसएसबीको ज्यादती बढेको उनको भनाइ थियो । “यस्तो ज्यादती कहिलेसम्म सहेर बस्ने ? यसप्रति गम्भीर बन्न सबैको ध्यानाकर्षण गर्न चाहन्छु”, उनले भनिन् ।
सांसद सिंगबहादुर विश्वकर्माले समावेशीकरणसम्बन्धी कानूनको माग गरे । सांसद ठगेन्द्रप्रसाद पुरीले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेर भूमिहीनका समस्या समाधान गर्न खोजेको की बढाउन खाजेको भन्दै सरकारलाई प्रश्न गरे ।
सांसद भगवती न्यौपानेले भूमिहीनलाई जग्गा दिने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारले आयोग विघटन गरेर गल्ती गरेको आरोप लगाए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


