गहना व्यवसाय विस्तारको बाटो खुल्योः महासंघ
काठमाडौं, साउन २१। विद्युतीय भुक्तानी सेवा सम्बन्धमा गेटवे पेमेन्ट नेपाल कम्पनीसँग सम्झौता भएसँगै सुनचाँदी व्यवसायीहरू विदेशमा पनि व्यवसाय विस्तार हुने आशामा देखिएका छन् । कम्पनीसँग भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएसँगै अब विदेशमा व्यवसाय विस्तार गर्न बाटो खुलेको व्यवसायीहरूले बताएका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच गत आइतवार विद्युतीय भुक्तानी सेवा सम्बन्धमा सम्झौता भएको थियो । सम्झौताअनुसार अब उक्त कम्पनीले सुनचाँदीका गरगहनाको कारोबारमा देशभित्र र विदेशमा पनि विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था गर्नेछ ।
महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अब विदेशी बजारमा पनि व्यवसाय विस्तार गर्न सहज हुने बताए । ‘अन्तरराष्ट्रिय भुक्तानीमा सहज हुने गरी गेटवे पेमेन्ट कम्पनीसँग हालै सम्झौता गरिएको छ,’ उनले भने, ‘अब आवश्यक प्राविधिक प्रक्रिया तथा तयारी पूरा भएपछि अनलाइनमार्फत नै विदेशी बजारमा सुनचाँदीका गरगहना विक्री गर्न सकिनेछ ।’
पहिला भुक्तानी सम्बन्धमा उचित व्यवस्था नहुँदा विदेशी बजारमा व्यवसाय विस्तार हुन नसकेको उनी बताउँछन् । ‘पहिला अन्तरराष्ट्रिय कारोबारको भुक्तानी सम्बन्धमा उचित व्यवस्था थिएन । सम्पत्ति शुद्धीकरणलगायत नियम पालना गर्दा विभिन्न झन्झट सामना गर्नुपथ्र्यो । त्यसमाथि सिपिङका लागि पनि उचित व्यवस्था थिएन,’ उनले भने, ‘तर, अब त्यस्तो समस्या आउँदैन । कम्पनीले आउटसोर्स गरेर सिपिङको जिम्मेवारीसमेत लिने भएको छ । यसले सहजै विदेशी बजारमा व्यवसाय विस्तार हुनेमा उत्साहित छौं ।’
अब सबै सुनचाँदी व्यवसायीहरू गेटवे पेमेन्ट नेपालमा आबद्ध हुनुपर्नेछ । त्यसपछि भुक्तानी सम्बन्धमा व्यवसायी र कम्पनीको वेबसाइटलगायत विवरण इन्टरलिंक गर्नुपर्ने हुन्छ । आर्थिक अभियान दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


