बैंक र पालिकाको चरम लापरबाही, ९ सय २० बालबालिका पोषण भत्ताबाट वञ्चित
जाजरकोट, साउन २१ । बैंक र नगरपालिकाले समन्वय नगर्दा जाजरकोट भेरी नगरपालिकाका बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । बैंक र पालिकाको चरम लापरबाहीले भेरी नगरपालिकाका ९ सय २० बालबालिकाले एक वर्षको पोषण भत्ता नपाउने भएका छन् ।
५ वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन सरकारले दिँदै आएको आर्थिक वर्ष ०७७र७८ को पोषण भत्ता सम्बन्धित निकायको लापरबाहीले भेरीका चारवटा वडाका बालबालिकाले नपाउने भएका हुन् ।
समयमा बैंकमा रकम जम्मा नहुँदा भेरी नगरपालिका ४, ८, ९ र १० का ९ सय २० बालबालिकाको एक वर्षको करिब ४७ लाख रुपियाँ फ्रिज भएको छ । भेरी नगरपालिका–४ का १ सय ३९, वडा नम्बर ८ का २ सय ६३, वडा नम्बर ९ का २ सय १०, वडा नम्बर १० का ३ सय ८ जना बालबालिका पोषण भत्ता पाउनबाट वञ्चित भएका छन् । उनीहरू मासिक ४ सयका दरले पाउने पोषण भत्ता ४ हजार ८ सय रुपियाँ पाउनबाट वञ्चित भएका छन् ।
विगतका वर्षमा सम्बन्धित वडा पालिकाले बालबालिकाका अभिभावकलाई नगद बुझाउने गरेको थियो । गत आर्थिक वर्षको दोस्रो चौमासिकदेखि नेपाल सरकारले अनिवार्य बैंक खातामा भत्ता जम्मा गर्नुपर्ने राजपत्रमा सूचना जारी निर्देशन गरेको भेरी नगरपालिका सामाजिक सुरक्षा शाखाका केदार कार्कीले बताए ।
भेरी नगरपालिकाका १३ वटै वडाले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैँक , एनआईसी एसिया बैंकमा सामाजिक सुरक्षा भत्ता, पोषण भत्ता लिन खाता सञ्चालन गर्ने निर्णय गरेका थिए । एनआईसी एसिया बैंकबाहेक सबै बैंकले खाता खोली रकम निकासा लिएर भुक्तानी दिइरहेका छन् भने एनआईसी एसिया बैंकबाट कारोबार गर्ने ४, ८, ९ र १० को पोषण भत्ताको रकम समयमा जम्मा नहुँदा बालबालिकाले भत्ता नपाउने भएका छन् । नेपाल समाचारपत्र दैनिकमा वासुदेव शर्माले खवर लेखेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


