उपचार खर्च नपाउँदा घरकै ओछ्यानमा छटपटाउँदै बालिका
कञ्चनपुर, २१ साउन: आगोमा परेर सख्त घाइते भएकी कृष्णपुर नगरपालिका–१ वण्डकी नौ वर्षीया बालिका मनिषा भण्डारी उपचार नपाउँदा घरकै ओछ्यानमा छटपटाउन बाध्य छिन् ।
गत आइतबार बिहान घरमै मकै पोल्ने क्रममा आगोमा परेर भण्डारी सख्त घाइते भएकी हुन् । तत्कालै स्थानीय बासिन्दाको सहयोगमा बालिकालाई उपचारका लागि नजिकैको अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।
बालिकाको अवस्था निकै चिन्ताजनक भएपछि अस्पतालले बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि लैजान सिफारिश गरेपनि अर्थाभावले परिवारले अस्पताल पु¥याउन सकेका छैनन् । बालिकाका बुवाआमा असक्त अवस्थाका छन् । मनिषाका ठुलोबुवा पुष्कर भण्डारीले उपचार खर्च जुटाउन नसक्दा घरमै राख्नुपरेको बताए ।
“घरमा दैनिक हातमुख जोर्न धौधौ छ”, उनले भने, “बालिकाका आमाबुवाको अवस्था पनि उस्तैछ । कहीँकतैबाट सहयोग छैन।उपचार खर्च जुटाउन नपाउँदा घरमै राखेका छौँ । उपचार नपाएरै छोरी मर्ने भइ ।” बालिका कालिका आधारभूत विद्यालयमा कक्षा४मा अध्ययनरत छिन् । घाइते बालिकाका अभिभावकले उपचार खर्च जुटाई सहयोग गरिदिन दातृ निकायसँग आग्रह गरेका छन्।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


