संक्रामक ‘डेल्टा’ भेरियन्ट १ सय ३५ देशमा, विश्वभर २० करोड संक्रमित
एजेन्सी, २१ साउन । कोरोना भाइरसको सबैभन्दा धेरै संक्रामक हालसम्मको भेरियन्ट ‘डेल्टा’ हो । यसको संक्रमण विश्वको १ सय ३५ देशमा फैलिएको छ ।
विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट विश्वव्यापी रुपमा संक्रमण फैलिएको आशंका गरेको छ । विश्व स्वास्थ्य संगठनले ३ अगस्टमा १३२ देशमा बिटा भेरियन्ट र ८१ देशमा गामा भेरियन्ट भएको बताएको छ । त्यस्तै, धेरै देशमा अल्फा भेरियन्ट फैलिएको छ । सबैभन्दा धेरै १३५ देशमा सक्रामक डेल्टा भेरियन्ट फैलिएको छ । यो भेरियन्ट पहिलो पटक भारतमा पत्ता लागेको थियो ।
डब्लूएचओको प्रतिवेदनमा भनिएको छ कि विश्वभर नयाँ केसहरु आउने क्रम बढ्दो छ। गत हप्ता जुलाई २६ बाट र अगस्टसम्ममा ४० लाख भन्दा धेरै नयाँ केस दर्ता भएका थिए। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार संक्रमणको विश्वव्यापी आंकडा हाल २० करोड १ लाख ५२ हजार र मृत्युको संख्या ४२ लाख ५५ हजार ४४३ छ।
४ अर्ब २६ करोड ५५ लाख ७४ हजार ६ सय ८२ खोप डोज विश्वव्यापी रुपमा लगाइएको छ । सबैभन्दा धेरै अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या बढी छ । अहिले सम्म संक्रमितहरुको कुल संख्या ३ करोड ५३ लाख ३१ हजार ६ सय ९९ रहेको छ र मृत्यु हुनेको संख्या ६ लाख १४ हजार ८०३ रहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


