नेपालमा पहिलो पटक ‘रोवटिक सर्जरी’ सेवा सुरु
काठमाडौं, साउन २३ । नेपालमा पहिलो पटक काठमाडौं मेडिकल कलेजमा रोवटिक प्रविधिबाट शल्यक्रिया सेवा सुरु हुने भएको छ। अस्पतालमा भदौको पहिलो साताभित्र उक्त सेवा सुरु हुने मेडिकल कलेजमा सूचना अधिकारी केशव सापकोटाले बताए।
सेवाका लागि एक साताअघि मात्रै अमेरिकाको उपकरण उत्पादक कम्पनीले अस्पतालका न्यूरो सर्जन डा अमित थापासहितको टोलीलाई रोवटिक न्यूरो सर्जरीको तालिम समेत दिइसकको उनले बताए। १० करोडको लगानीमा रोवटिक सर्जरी सेवाका लागि प्रविधि ल्याइएको कलेजका अध्यक्ष डा सुनिल शर्माले जानकारी दिए ।
रोवटियन न्यूरो सर्जरी प्रक्रियामा ‘नेभिगेसन सिस्टम’ले सर्जनहरूलाई ‘थ्रिडी मनिटर’मा ट्युमर कहाँ छ? कुन नसा कहाँ छ भन्ने कुराको जानकारी दिन्छ। सोही जानकारी अनुसार टाउको तथा मेरुदण्डमा प्वाल पारी ट्युमर निकालिन्छ।
यो प्रविधिले बिरामीको रोग कति भागमा फैलिएको छ भन्ने सजिलै जानकारी दिने भएकाले ठूलो शल्यक्रिया गर्नु नपर्ने कलेजको दाबी छ। यसअघिको शल्यक्रिया विधिमा सर्जनहरूले शरीरका भित्री अंगहरूको सर्जरी गर्ने बेलामा काल्पनीक थ्रिडी बनाएर काम गर्दै आएको बताइएको छ।
मेडिकल कलेजका अध्यक्ष डा शर्माले सार्क राष्ट्रमा भारतपछि दोस्रो पटक नेपालमा यो सेवा सुरु गर्न लागेका बताए। पहिला नै यो सेवा सुरु गर्ने तयारी भएपनि कोरोना भाइरसका कारण गरिएको लकडानले गर्दा उपकरण भित्रिन ढिलो हुँदा सेवामा ढिलाई भएको अस्पतालले जनाएको छ। रोवटियन सर्जरीले बिरामी र चिकित्सक दुवैलाई सहज हुने ड शर्माको भनाइ छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


