विद्यार्थीलाई मानसिक तनाब होइन,खोप र विकल्प देउ: नेबिसंघ महामन्त्री तिमल्सिना
काठमाडौँ, २३ साउन। : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीहरुको परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा नेबिसंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
संघका महामन्त्री बलदेव तिमल्सिनाले लामो समय देखि रोकिएको परिक्षा स्थगित गरि विद्यार्थीलाई थप मानसिक तनाब दिने मात्र होइन परिक्षार्थीलाई अलमलमा नपार्नेगरी सबैलार्र्इ अनिवार्य खोपको ब्यबस्था गरि विकल्प सहित निर्णय गर्न सरकार समक्ष माग गरेका छन्।
महामन्त्री तिमल्सिनाले असहज परिस्थितिमा विद्यार्थीको भविष्य,शैक्षिक सत्र र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्नु नै आजको टड्कारो आवश्यकता भएको भन्दै त्यसतर्फ तदारुकताका साथ अग्रसर हुन नेपाल सरकार,विश्वविद्यालय र राष्ट्रिय परिक्षा बोर्डको ध्यानाकर्षण गराएका छन् ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…


