अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप
२३ साउन: अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् ।
पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ । दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन् । खोप लगाउनेको सङ्ख्या तीव्ररुपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन् ।
अपेक्षितरुपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटकपटक विषेश अनुरोध गर्दै आएको छ । खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ । अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो । कोरोनाभाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । त्यसैगरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


