पैदल यात्रीलाई ठक्कर दिएर फरार चालक पक्राउ
सुनसरी,२४ साउन । सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका १० मधुमारा टोल बस्ने सरोज कुमार साह शनिबार पक्राउ परेका हुन् ।
गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका १२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा १० च ५५७३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका ११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका १ बाट प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


