जसपाले डाक्यो पहिलो केन्द्रीय कमिटी बैठक
काठमाडौं, साउन २५। जनता समाजवादी पार्टी (जसपा) ले पहिलोपटक केन्द्रीय कमिटी बैठक डाकेको छ । जसपाले भदौ १ र २ गते केन्द्रीय पार्टी कार्यालय बालकुमारी बैठक डाकेको हो । बैठकलाई महन्थ ठाकुर पक्षका केन्द्रीय सदस्यलाई हटाउने तयारीको रुपमा बुझिएको छ ।
पछिल्लो समय निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर पक्ष अदालत गएको थियो । सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
राजपा र जमाजवादी पार्टी मिलेर जसपा नेपाल बनेपछि दुवै पार्टीबाट ४–४ सय जनालाई केन्द्रीय सदस्य बनाउने सहमति भएको थियो ।

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


