मेरो माइक्रोफाइनान्सको ५ लाख कित्ता शेयर आजदेखि लिलामीमा
काठमाडौं, २५ साउन । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २५) देखि ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामी बिक्रि खुल्ला गर्ने भएको छ ।
साउन ३२ गते सम्मका लागि विक्री खुला गरेको कम्पनीको लिलामी शेयर खरिद गर्न न्युनतम मुल्य प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयरको बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको अनुसार बोलपत्र भदौ १ गते बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा खोलिने छ ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…


