नोटमा कोरोना भाइरस सर्न थालेपछि ८४ हजार करोड नष्ट गर्ने तैयारीमा चीन
चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १७ सय बढीको ज्यान गइसकेको छ। ७० हजार ५ सय ४८ जनामा संक्रमण भेटिएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि चीनले हर प्रयास गरेको छ। भाइरस नियन्त्रणका लागि भन्दै चीनले बाहिर निस्किन समेत प्रतिबन्ध लगाएका बेला अर्को खबर पनि बाहिरीएको छ। चिनियाँ सरकारले कोरोना भाइरस संक्रमितको हातबाट बजारमा फैलिएका नोट पनि नष्ट गर्ने तयारी गरेको छ। पैसाबाट पनि कोरोना भाइरस सर्ने आशंका गरिएपछि त्यहाँको सरकारले करोडौँ नोट परिवर्तन गरेको छ। अब त्यहाँको सरकारले अस्पताल, बजार र यातायातबाट आएका आएका नोटहरु नष्ट गर्ने तयारी गरेको छ। चीनको केन्द्रीय बैँकको गुआंगझोउ ब्रान्चका अनुसार बजारबाट आएका कागजका सबै नोट नष्ट गर्ने तयारी रहेको छ। पीपुल्स बैँक अफ चाइनाले पनि काजगबाट बनेका सबै नोट नष्ट गर्ने नादेश दिएको छ। त्यहाँको सरकारले करिब ८४ हजार करोडका नोट नष्ट गर्ने तयारी गरेको त्यहाँका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


