माधवले नयाँ पार्टी बनाएको हेर्ने केपीको इच्छा
साउन २७ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ‘तपाईंले जति गाली गरे पनि हामी फर्काउँदैनौं, किनभने हामी पार्टीको एकता चाहन्छौं’ भन्ने जवाफ दिएपछि सो पार्टीमा एकताको वातावरण बन्ने अपेक्षा गर्नेहरू केही समययता निरास भएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल पक्षले ओलीका साथ एउटै लहरमा बसेर एकताको ‘जेस्चर’ पनि देखायो । तर, ओलीको व्यवहारमा भने नेपाल पक्षमा उभिएका नेता–कार्यकर्ताप्रति कुनै सकारात्मक दृष्टिकोणको संकेत देखिएन । ओलीले सोमबार मात्र पनि नेपाल पक्षलाई ललकार्दै भने, –‘मलाई सच्चिने अन्तिम मौका छ रे, माफी माग भनेका छन् । अब मैले दाम चढाएर उनले जस्तै वरिपरि घुमेर माफी माग्नुपर्ने?’
ओलीले प्रधानमन्त्री रहँदा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गर्ने, अध्यादेशमार्फत सरकार चलाउने र कम्युनिस्ट पार्टीको व्यवहारअनुसार सामूहिक नेतृत्वको अभ्यास नगरेको वा पार्टीमा सल्लाह नगरी एक्लै चल्ने जस्ता व्यवहार गरेर अधिनायकवादी चरित्र आरोप लगाएको नेपाल पक्षले यसका लागि आत्मालोचना गरेर पार्टीलाई मिलाएर लानुपर्ने धारणा राख्दै आएको छ ।
ओलीको आजसम्मको व्यवहार हेर्दा जतिसुकै ठूलो उपलव्धिका लागि पनि झुक्ने सम्भावना देखिएन । प्रष्ट छ, ओलीलाई नेपाल पक्ष फुटेर बाहिर निस्केर गएको हेर्ने इच्छा छ । ओली उप्काउने र नेपाल टाँस्ने मानसिकतामा देखिएका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा खवर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


