कपिलवस्तुमा कटुवा पस्ताेल सहित ३ पक्राऊ
कपिलबस्तुमा कटुवा पेस्तोल र गोली सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महाराजगंज नगरपालिका वडा नं. ९ औरहवाका २० वर्षिय लक्षमण यादव, सोही स्थानका २८ वर्षिय बिश्वम्वर यादव र सोही स्थान कै ४१ वर्षिय समसाद अहमद खाँ रहेको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
प्रहरी चौकी कुशुहवा बढनी र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको टोलिले अबैध हातहतियार साथमा लिई हिडेका भन्ने सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।
संकास्पद अवस्थामा हिडडुल गरिरहेका उनिहरुलाई खान तलासी गर्दा लक्ष्मण यादवले आफ्नो कम्मर पेटीको भागमा अगाडी राखेको अवस्थामा घरेलु नल कटुवा पेस्तोल १ नाल र बिश्वम्वर यादवले लगाएको हाई पाईन्टको पकेटमा सोही घरेलु नल कटुवा पेस्तोलमा प्रयोग हुने गोली ३ राउण्ड फेला परिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए ।
उनिहरुलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सो हातहतियार समसाद अहमद खाँले राख्न दिएको खुल्न आएको हूँदा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनिहरुलाई हातहातियार खरखजना मुद्धा अन्तरगत आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


