झापामा मास्क बैंक स्थापना
२९ साउन: सरकारले शुरुआत गरेको मास्क अभियानलाई सहयोग पु¥याउने र कोरोना सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ स्थापना गरेको छ ।
जिल्लामै पहिलोपटक स्थापना भएको बैंकबाट स्वयंसेवक खटाएर निःशुल्करुपमा मास्क वितरण हुँदै आएको छ । एक हप्ताअघि संस्थाले एक हजार मास्क खरिद गरेर अभियान शुरु गरेको थियो । हाल बैंकमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरिरहेको सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिए ।
उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लेखनाथ चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।
“मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्छौँ”, सभापति गिरीले भने, “यसले सरकारले शुरु गरेको अभियानलाई सहयोग पनि पुग्छ र आम नागरिकलाई मास्क लगाउनुपर्ने रहेछ भन्ने सचेतना पनि बढ्छ ।”
जिल्लामा दुई सातादेखि कोभिड– १९ को सङ्क्रमण र मृत्युदर बढेसँगै निषेधाज्ञा जारी छ । प्रहरीलेसमेत जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने र मास्क नलगाइ हिड्नेलाई मास्क लगाउन अभिप्रेरित गर्दै आइरहेको छ ।-
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


