आज २६ सय २४ जनामा संक्रमण पुष्टि
३० साउन । आज नेपालमा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज १ हजार ३ सय २० जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा ६ लाख ८० हजार ८ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज १३ हजार ५ सय ७३ जनाको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


