४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिकमा प्रतिबन्ध
साउन ३१ । काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्ध लगाउने प्रावधानलाई कार्यान्वयन गर्न सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्ध लगाउने प्रावधानलाई कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई केही दिनअघि आदेश दिएको हो ।
सरकारले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिकलाई प्रतिबन्ध लगाउने प्रावधान जारी गरेको भए पनि त्यसलाई लागू नगरेको उल्लेख गर्दै सोबमोजिमको आदेश जारी गर्न माग गर्दै गत मंगलबार सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो ।
वातावरण कानुन समाज, नेपालको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदनमा सरकारले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्ध लगाउने प्रावधान ल्याएको भए पनि सो प्रावधान कार्यान्वयन नभएको उल्लेख गरिएको थियो । उक्त प्रावधान कार्यान्वयन गराउन उपयुक्त आदेश दिन रिट निवेदनमा माग गरिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणको बुँदा नम्बर १६० मा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा यही साउन १ गतेबाट पूर्ण प्रतिबन्ध लगाउने भनी प्रतिबद्धता व्यक्त गरिएको थियो । त्यस्तो प्रतिबद्धता कार्यान्वयन नभएको उल्लेख गर्दै रिट निवेदनमा त्यसलाई कार्यान्वयनमा ल्याउन उपयुक्त आदेश दिन सर्वोच्चसँग माग गरिएको थियो ।
सर्वोच्चले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा सरकारले ४० माइक्रोनभन्दा कम मोटाइ भएको प्लास्टिकको उत्पादन, आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने उल्लेख गरेको भए पनि सोबमोजिम कार्यान्वयन नभएको उल्लेख गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा विकास भट्टराईले खवर लेखेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


