पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिवले यसरी गरे पदको दुरुपयोग !

बुटवल : नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिँह केसीले पदको दुरुपयोग गरेका छन् । आइतवार उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई आफ्नै हस्ताक्षरमा पत्रकार महासंघ लुम्विनी प्रदेश सचिवको तर्फबाट ध्यानाकर्षण बुझाएका छन् । बाँके निवासी केसीले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र नेपाली कांग्रेसका नेता, कार्यकर्ताले बुझाएको जस्तो छ । पत्रकार महासंघको प्रतिनिधि बनेर बुझाएको ध्यानाकर्षण पत्रमा पत्रकारिताका कुनै पनि मुद्दा समावेश छैनन् ।

आफ्नो पार्टीले खेलकुदमा चाहेजति ध्यान नदिएको दर्साउँदै अवको निर्वाचनमा नेपाली कांग्रेसले खेलकुद मन्त्रालयको जिम्मेवारी लिनुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले नेपालगञ्जका विभिन्न विकास निर्माणका बारेमा पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । लुम्विनी प्रदेशको सामाजिक तथा यूवा विकास मन्त्रालय पनि कांग्रेसको भागमा पर्नुपर्ने उनको माग छ ।

उनको उक्त ध्यानाकर्षणबारे सामाजिक सञ्जालमा चर्को टिप्पणी भएको छ । उनले समग्र पत्रकारितालाई नै लज्जित हुने गरी पदको दुरुपयोग गरेको भन्दै चौतर्फी आलोचना भएको छ । यसबारे पत्रकार महासंघ लुम्विनी प्रदेश केही बोलेको छैन् । प्रेस यूनियनको तर्फबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको सचिव केसीले प्रतिक्रिया दिएका छन् । ‘मैले पत्रकार महासंघ भनेर ध्यानाकर्षण बुझाएको छैन?’,उनले भने,‘प्रेस यूनियनको तर्फबाट बुझाएको हुँ ।’ उनले बुझाएको ध्यानाकर्षण पत्रमा प्रेस यूनियन खुलेको छैन् ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

TOP