आफ्नो घरबार बिर्गान खोजेकोले कृषलाको हत्या गरेः अभियुक्त
३२ साउन । साउन १३ गतेदेखि बेपत्ता भएकी उदयपुरको १७ वर्षीया किशोरी कृषला चौधरीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । त्रियुगा नगरपालिका–६ मोहनपुरकी चौधरीको शव सामुदायिक वन समुहको रातमाटे खहरेखोलामा बिभत्स हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
हत्यामा सम्लग्न सप्तरी सुरुङ्गा १ का उचितलाल सदा र विषे सदा पक्राउ परेका छन् । हत्यामा सम्लग्न उचितलाल सदाले आफ्नो घरबार कृषलाले बिर्गान खोजेको आरोपमा हत्या गरेको प्रहरीलाई बताएका छन् । उनले योजना अनुरुप साउन १३ गते मोवाइलमा फोन गरेर कृषलालाई जंगलमा बोलाएर हत्या गरेको सदाले बयान दिएका हुन् ।
दिउँसो ३ बजे बेपत्ता भएकी किशोरीको सोही राति साँढे १० बजे नै घर नजिकको जंगलमा २ जनाले हत्या गरेको प्रहरी समक्ष बताएका छन् । उचितलालको श्रीमती र मृतक कृशला चौधरी साथी–साथी भएको र आफ्नो घरबार बिगार्न लागेकोले हत्या गरेको जनाइएको छ ।
पहिलो घरबार पनि बिग्रिएको र दोस्रो पनि बिग्रने डरले उतिचलालले हत्याको योजना बनाएका हुन् । बेपत्ता भएको १७ दिनपछि कृषलाको शव जंगलमा घाँस काट्न जानेहरुले फेला पारेर प्रहरीलाई खब गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


