इजरायल रोजगारीका लागि साढे ९ हजारभन्दा धेरैको आवेदन, परीक्षा कहिले ?
काठमाण्डौ – १ हजार जनाको माग भएको इजरायल रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको छ ।
इजरायलमा सहायक कामदारका लागि एक हजार जनाको मागमा आवेदन दिने अन्तिम दिनसम्म गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभागको इजरायल शाखा प्रमुख डम्बर बहादुर सुनुवारले जानकारी दिनुभयो ।
७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषका गरी एक हजार जनालाई रोजगारीका लागि लैजाने भए पनि आवेदन दिनेको सङ्ख्या महिलाको भन्दा पुरुषको धेरै छ । विभागका अनुसार ४२ सय महिला र ५ हजार ४९९ जना पुरुषले आवेदन दिएका छन् ।
आवेदन दिनेहरू मध्येबाट योग्यता पुगेकाहरूलाई विभागले छनोट गर्नेछ ।
‘हामीले आजैदेखि आवेदन दिनुभएकाहरुको आवेदन रुजु गर्न थाल्छौँ, विभागले जुन योग्यता तोकेको छ त्यो योग्यता पुगेकाहरू छनोट हुनुहुन्छ, जसको योग्यता पुग्दैन उहाँहरुको आवेदन अस्वीकृति हुन्छ,’ इजरायल शाखा प्रमुख सुनुवारले भन्नुभयो ।
यदि आवेदन अस्वीकृत भएमा कारणसहित आवेदकलाई विभागले जानकारी गराउने छ । स्वीकृति भएमा वा अस्वीकृति भएमा पनि यसको जानकारी विभागले आवेदन दिँदा व्यक्तिले अनलाइन सिस्टममा राखेको फोन नम्बर र इमेलमार्फत जानकारी गराउने छ ।
इजरायल रोजगारीको लागि आवेदन दिएका व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ । १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल आवश्यक पर्छ । अङ्ग्रेजी भाषाको ज्ञान भए इजरायलको स्थानीय भाषा अनिवार्य छैन ।
कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुन आवश्यक छ ।
इजरायलमा काम गरी फर्केका र बाबुआमा, पतिपत्नी, छोरा वा छोरी इजरायलमा बसोबास वा काम गरेकाको परिवारका सदस्यको पनि यो प्रक्रियामार्फत आवेदन स्वीकृति हुने छैन ।
परीक्षा
विभागले श्रम मन्त्रालयमार्फत कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीमा इजरायल रोजगारीको लागि परीक्षा गराउनु पर्नेबारे जानकारी गराउँदै परीक्षा गर्ने मिति पनि प्रस्ताव गरेको छ । विभागको इजरायल शाखा प्रमुख डम्बर बहादुर सुनुवारका अनुसार आवेदन स्वीकृत हुनेहरूको परीक्षा यही भदौ १५ देखि २० भित्र गर्ने भनेर सीसीएमसीमा अनुरोध गरिएको छ । तर कोरोना महामारीको यो समयमा परीक्षा सञ्चालनका लागि सीसीएमसीकै निर्णय कुर्नु पर्ने उहाँले बताउनुभयो ।
यदि सीसीएमसीले अनुमति दिएमा विभागले परीक्षा केन्द्र तोक्ने, परीक्षा समय र मिति बारे पनि आवेदकलाई जानकारी गराउनेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


