विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग
१ भदौ: काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । उनका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन् ।
उनीहरु र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट त्यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् । आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ ।
त्यहाँ उपस्थित ठूलो सङ्ख्याका विदेशी नागरिकलाई आवश्यक सहयोग गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् । उनका अनुसार गत महिनादेखि अफगानिस्तानको हेरात, घज्नी, लागोर प्रान्तबाट पनि ठूलो संख्याका नागरिक त्यहाँ विस्थापित भएर आएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


