आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै
भदौ २। नेपालले चीनसँग खरिद गरेको १६ लाख जोड मध्ये आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्दै छ । त्यस्तै, आठ लाख डोज खोप विहिबार नेपाल आईपुग्ने छ ।
स्वास्थ्य सेवा विभागका अनुसार आज र भोली गरेर चीनबाट १६ लाख डोज खोप नेपाल भित्रिने भएको हो । बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम सातासम्म नेपाल ल्याउने तयारी रहेको छ ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ।
नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १ सय ७० डोज खोप आइसकेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


