झलनाथ खनालले माधव नेपाल नेतृत्वको नेकपा एस मा रहेको प्रष्टाए
४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहेको स्पष्ट पारेका छन् । उनले आफ्नो सचिवालयमार्फत् नयाँ दर्ता भएको नेकपा एसमा रहेको स्पष्ट पारेका हुन् ।
झलनाथ खनालको सचिवालय फेसबुक पेजमार्फत् भनिएको छ, भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।
खनाल मृगौला प्रत्यारोपणका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । उनले आफूलाई भेट्न पुगेका एमाले नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्यलाई केपी शर्मा ओलीसँगै बढ्न नसकिने जवाफ दिएका थिए ।
एमाले विवादयता खनाल माधव नेपालको पक्षमा रहँदै आएका छन् । तर, उनी निकटस्थहरुले माधव नेपाललाई साथ दिएनन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


