बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने
५ भदौ: केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् ।
अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उनले रु एक लाख ५७ हजार नगद पनि सहयोग गरेका छन् । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताए ।
साथै वडासदस्य रुपकाजी लामाले रु १० हजार १०० बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गर्नभएको छ । छत्तीस वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण निधन भएपछि उनको परिवार पीडामा छ । मृतक बस्नेत गाडी चालक हुनुहुन्थ्यो । उहाँले लकडाउनमा पनि गाडी चलाउँदै अहोरात्र खटी लकडाउनमा अलपत्र परेका मानिसको उद्धार गरी सहयोग गरिरहेका थिए । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाइ रोकिने अवस्थामा पुगेको थियो ।
वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । थुम्पाखर एकता समाजका सदस्य तीर्थ भण्डारीको पहलमा विदेशमा रहेका रमेश बस्नेतले रु ५० हजार ५०० नगद पनि समीक्षाको परिवारलाई बुझाइएको छ ।
रु एक लाख छ हजार थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्वअध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दीपक कार्कीलगायतका एकता समाजका पदाधिकारीले नगद सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


