खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि
भदौ ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको पाँच सातामा ४९ लाख ३५ हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा गर्नुभएको थियो ।
देउवा प्रधानमन्त्री भएयता भदौ ५ गतेसम्ममा ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसअघि झन्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए । अहिले खोप लगाउने सङ्ख्या ८७ लाख ७० हजार ७५४ पुगेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३८ लाख ३५ हजार ६०८ जनाले कोरोनाको दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै, ३९ लाख ३५ हजार ५६ जनाले पहिलो मात्रा लगाएका छन् । कोरोनाको दुवै मात्रा खोप लगाउने (भदौ ३ गतेसम्मको तथ्याङ्कअनुसार) जनसङ्ख्या १३ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउने १६ दशमलव आठ प्रतिशत छ ।
देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै मात्रा खोप लगाउनेको सङ्ख्या तीन दशमलव नौ प्रतिशतमात्रै थियो भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या नौ दशमलव एक प्रतिशतमात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको सङ्ख्या झन्डै दोब्बर पुगेको छ । गोरखापत्र दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


